कक्षा ११ मा छात्रवृत्ति कोटामा पढ्न चाहने विद्यार्थीका लागि आवेदन खुला

कक्षा ११ मा छात्रवृत्ति कोटामा पढ्न चाहने विद्यार्थीका लागि आवेदन खुला

काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा छात्रवृत्ति कोटामा पढ्न चाहने विद्यार्थीसँग आवेदन मागेको छ । 

महानगरको शिक्षा विभागले आज सूचना प्रकाशित गर्दै कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवत्तिका लागि आवेदन खुला गरेको जानकारी दिएको हो । विभागका अनुसार यही असार २८ गतेदेखि साउन १२ गतेसम्म अनलाइनबाटै फाराम भरेर आवेदन दिन सकिनेछ । 

आवेदन दिएका छात्रछात्राको परीक्षा साउन २० गते लिने कार्यतालिका समेत विभागले सार्वजनिक गरेको छ । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिने विभागले जनाएको छ । 

विभागले विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्रसम्बन्धी विवरण यसपछि सार्वजनिक गर्ने पनि जानकारी दिएको छ ।

टिप्पणीहरू