तलब खुवाउन नसकिने भन्दै संघबाट समायोजन भएका कर्मचारी फिर्ता गर्दै स्थानीय तह

तलब खुवाउन नसकिने भन्दै संघबाट समायोजन भएका कर्मचारी फिर्ता गर्दै स्थानीय तह

कैलाली र कञ्चनपुरका स्थानीय तहहरुले कर्मचारी समायोजन ऐनअनुसार खटिएका स्वास्थ्य सेवाका कर्मचारीलाई फिर्ता पठाउने भएका छन् । 

कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट समायोजन गरिएका कर्मचारीलाई स्थानीय तहहरुले फिर्ता पठाउने निर्णय गरेका हुन् । धनगढी उप–महानगरपालिकामा हिजो बसेको दुवै जिल्लाका स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुको बैठकले सो निर्णय गरेको नगरप्रमुख गोपाल हमालले बताए । 

स्थानीय तहको स्रोत साधनबाट स्वीकृत दरबन्दीबाहेक अन्य थप कर्मचारीलाई तलबभत्ता उपलब्ध गराउन नसकिने भएकाले स्वास्थ्य सेवासहित अन्य सेवाका कर्मचारीलाई सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरिएको उनले जानकारी दिए । 

संघीय सरकारबाट स्थानीय तहमा समायोजन भई कामकाज गर्दै आएका कर्मचारीहरुको तलबभत्ता सशर्त अनुदानमार्फत दिने व्यवस्था छ । तर, संघीय सरकारले आर्थिक वर्ष २०८०–८१ देखि समायोजन भएर आएका कर्मचारीलाई तलबभत्ता दिन नसकिने जनाएको छ । 

स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारीको सेवासुविधा आन्तरिक स्रोतबाट धान्न नसक्ने अवस्था रहेको कारण देखाउँदै स्थानीय तहहरुले धमाधम कर्मचारी हटाइरहेका छन् ।
 

टिप्पणीहरू