शीतल निवासबाट मुटुरोग विशेषज्ञहरुलाई बोलावट
राष्ट्रपति रामचन्द्र पौडेल र दुई जना मुटुरोग विशेषज्ञबीच राष्ट्रपतिको कार्यालय, शीतल निवासमा भेटवार्ता भएको छ । हालैमात्र मुटुको उपचार गराएर आराम गरिरहनुभएका राष्ट्रपतिलाई भेट्न डा. भगवान कोइराला र डा. अनिल भट्टराई शीतल निवास जानुभएको हो ।
उहाँहरुबीच दिउँसो २ बजेदेखि झण्डै ४ बजेसम्म भेटघाट भएको बताइएको छ । झण्डै दुई घण्टासम्म भएको कुराकानीमा चिकित्सकहरुले राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको बुझिएको छ ।
टिप्पणीहरू