अर्थमन्त्रीको टोली नयाँ दिल्ली प्रस्थान

अर्थमन्त्रीको टोली नयाँ दिल्ली प्रस्थान

अर्थमन्त्री डा. प्रकाशशरण महत नयाँ दिल्ली जानुभएको छ । उहाँ तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भर्खरै काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो । 

मन्त्री महतसँगै अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल, उपसचिव युगराज पाण्डे एअर इण्डियाको उडान नम्बर एआई २१४ मा बिहान साढे १० बजे जानुभएको मन्त्रालय स्रोतले बताएको छ ।

उहाँ जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरहरुको तेस्रो बैठकमा भाग लिन भारत जानुभएको हो । बैठक गुजरातको गान्धीनगरमा भोलिदेखि हुँदैछ ।

टिप्पणीहरू