दार्चुलाको विज्ञापन छपाउन मेची जाने ?

दार्चुलाको विज्ञापन छपाउन मेची जाने ?

नियम,कानुन र प्रक्रिया पुर्याउने नाममा हुने गरेका विज्ञापन प्रकाशन र सम्झौताले यदाकदा सरकारी कामकारबाहीहरु भुत्ते हुने गरेका छन् । पछिल्लो पटक दार्चुलाको महाकाली नगरपालिकाले प्रकाशित गरेको सूचनामा पनि त्यस्तै नहोला भन्न सकिँदैन ।

गत शुक्रबार पहिलो पटक राजधानीबाट प्रकाशित हुने एउटा राष्ट्रिय दैनिकमा नगरपालिकाले पत्रपत्रिकामा विज्ञापन एवम् सूचना प्रकाशनसम्बन्धी सूचना प्रकाशित गरेको छ । सुदूरपश्चिमको विकट दार्चुलास्थित महाकाली नगरपालिकाले भोलिदेखि शुरु हुने नयाँ आर्थिृक वर्षको लागि आवश्यक पर्ने विज्ञापन प्रकाशनको निम्ति उपयुक्त विज्ञापन एजेन्सीको खोजी गरेको हो ।

सूचनाको अन्तिममा भनिएको छ, ‘सबैभन्दा बढी छुट दिने एजेन्सी वा संस्थालाई छनौट गरिने छ ।’ मानिलिऊँ उक्त कार्यको निम्ति सुदूर पूर्वका झापा,इलाम वा अन्य जिल्लाका समाचार तथा विज्ञापन एजेन्सीले कम रेटमा आवेदन हालेमा सम्झौता गर्न कि दार्चुला वा नगरपालिका झापा जानुपर्ने हुन्छ । यस्तो कार्य पश्चिमका नेपालगञ्ज वा धनगढीका एजेन्सी भए पनि दार्चुलाको निम्ति कार्य सम्पादनमा निकै कठिन देखिन्छ ।

स्थानीय प्रकृतिका कार्यको निम्ति स्थानीय सञ्चारमाध्यम,स्थानीय एजेन्टलाई प्राथमिकता दिन छाडेर किन राष्ट्रिय रुपमा विज्ञापन गरिएको होला ? सोचनीय छ ।

टिप्पणीहरू