भारतद्वारा निर्यातमा रोक, अमेरिकामा चामल किन्ने भारतीयको ओइरो
भारतले चामल र गहुँ निर्यातमा रोक लगाएको छ । गहुँ उत्पादनमा युक्रेनपछि भारत दोस्रो ठूलो मुलुक हो । चामल निर्यातमा भारत विश्वमा पहिलो मुलुक बनेको छ । पछिल्लो समय विश्वमा कूल चामल निर्यातको ४० प्रतिशत स्थान भारतले ओगटेको छ ।
खाद्य सुरक्षा भन्दै भारतले अन्न निर्यातमा रोक लगाएको बताइएको छ । उसले धेरै भारतीयले प्रयोग गर्ने मोटा र साधारण चामल निर्यातमा रोक लगाएको हो । तर, बास्मतीलगायत महँगो चामल निर्यातमा कुनै रोक नलगाइएको बताइएको छ ।
भारतले अमेरिका,बेलायत, क्यानडा,अष्ट्रेलिया, सिंगापुरलगायत विकसित मुलुकमा डलर आम्दानी गर्ने मुख्य स्रोतको रुपमा बास्मती चामल निर्यातलाई यथावत राखेको छ । तर, ती मुलुकमा रहेका भारतीयहरु एकै पटक धेरै चामल खरिद गर्न स्टोरहरुमा जाँदा लामो लाइन लागेको छ ।
भारतीय चामल र गहुँ निर्यातले नेपाललगायत एसिया, अफ्रिका र युरोपका कम विकसित मुलुकहरुलाई भने चर्को प्रभाव पार्ने देखिन्छ । युक्रेन युद्ध जारी रहेकाले महँगी बढ्ने आकलनमा भारतले आफ्ना नागरिकलाई ध्यानमा राखेर पछिल्लो निर्णय गरेको बताइएको छ ।
https://www.instagram.com/reel/Cu-GXD0JW4i/?utm_source=ig_web_copy_link
टिप्पणीहरू