यात्रुले विमानमै बिर्सिए ल्यापटप, सम्पर्क गर्न नेपाल वायुसेवाको अनुरोध
नेपाल एयरलाइन्स विमानमा युएईको दुबईबाट काठमाडौं आएका एक जना यात्रुले विमानमै आफ्नो ल्यापटप छाडेका छन् ।
दुबई–काठमाडौं सेक्टरको उडान नम्बर आरए २३० बाट तीन साताअघि काठमाडौं आएका यात्रुले विमानभित्रै ल्यापटप छाडेका हुन् । जुलाई ७ तारिखका दिन काठमाडौं आएका ती यात्रुले निगमको विमानमा आफ्नो ल्यापटप छाडेका थिए ।
यात्रुले ल्यापटप छाडेको तीन हप्ता बितिसक्दा पनि सम्पर्क नगरेपछि आज सामाजिक सञ्जालमार्फत् निगमले यसबारे जानकारी दिएको हो ।सम्बन्धित यात्रुलाई परिचयपत्र र प्रमाण खुल्ने कागजातसहित विमानस्थलस्थित नेपाल वायुसेवा निगमको कार्यालयमा यथाशीघ्र सम्पर्क गर्न अनुरोध गरेको छ ।
टिप्पणीहरू