पत्रकार कुट्ने रास्वपा नेता निलम्बित

पत्रकार कुट्ने रास्वपा नेता निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ । 

जिल्लाका एक जना पत्रकारलाई अपहरण र कुटपिट गरेको आरोप लागेका खड्कालाई निलम्बन गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए । यस सम्बन्धमा अनुशासन समितिले थप जाँचबुझ गरिरहेको उनले बताएका छन् ।

होटल होलि डे इनका सञ्चालकसमेत रहेका खड्कामाथि पत्रकार महासंघ बझाङ शाखाका सदस्य तथा सामुदायिक रेडियो खप्तड आवाज र नेपाल एङ्गल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डललाई अपहरणपश्चात् बन्दी बनाएर कुटपिट गरेको आरोप छ । 

यसअघि नेपाल पत्रकार महासंघ बझाङ शाखाले पत्रकार कुट्ने खड्कालाई कारबाहीको माग गरेको थियो ।

टिप्पणीहरू