बिदामा बसेका भन्सार हाकिमलाई ‘जो होचो, उसको मुखमा घोचो’

बिदामा बसेका भन्सार हाकिमलाई ‘जो होचो, उसको मुखमा घोचो’

साउन पहिलो साता बाहिरिएको एक क्विन्टल सुन काण्डपछि त्रिभुवन विमानस्थलको भन्सार कार्यालय प्रमुख फेरिए । अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई साउन ९ गतेदेखि भन्सार कार्यालयको नयाँ प्रमुखको जिम्मेवारी दिएर पठाएको छ ।

यसअघिका अरुण पोखरेलको स्थानमा पाण्डेलाई खटाइएको हो । टोकराज साउन ६ गतेसम्म राष्ट्रिय किताबखानाको महानिर्देशक थिए । पोखरेल भने लामो समयदेखि बिदामा छन् । सोही क्रममा साउन ३ गते झण्डै एक क्विण्टल सुन काण्ड बाहिरियो । अहिले उनै पोखरेललाई ‘जो होचो,उसको मुखमा घोचो’ शैलीमा झम्टन थालिएको छ ।

तत्कालीन प्रमुख भन्सार प्रशासक पोखरेलले गत असार तेस्रो सातादेखि आगामी भदौ १५ गतेसम्म बिदा स्वीकृत गराएका थिए । विभागले असार १३ गते प्रमुख भन्सार अधिकृतको रुपमा नारद गौतमलाई लेखेको पत्रमा उक्त व्यहोरा उल्लेख छ । गौतमलाई विभागका शाखा अधिकृत घनश्याम तिमिल्सिनाले लेखेको पत्रमा पोखरेलको स्थानमा निमित्त भई कामकाज गर्न निर्णय भनिएको छ ।

पत्रमा लेखिएको छ, ‘कार्यालयका प्रमुख भन्सार प्रशासक श्री अरुण पोखरेलको मिति २०८० असार १७ गतेदेखि २०८० भदौ १५ गतेसम्म बिदा स्वीकृत भएको हुँदा निज कार्यालयमा हाजिर नभएसम्म वा अर्को व्यवस्था नभएसम्मका लागि तपाईंलाई निमित्त प्रमुख भन्सार प्रशासक भई तहाँ कार्यालयको दैनिक प्रशासनिक/आर्थिक अधिकार र मुद्दा हेर्ने अधिकारी तोकिएको व्यहोरा यस विभागको मिति २०८० असार १३ को निर्णयानुसार अनुरोध छ ।’

टिप्पणीहरू