पुस्तक बोक्नुपर्ने प्राध्यापकहरु हाजिरी मेसिन बोकेर टाप

पुस्तक बोक्नुपर्ने प्राध्यापकहरु हाजिरी मेसिन बोकेर टाप
सुन्नुहोस्

त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुले विद्युतीय हाजिरी मेसिन बोकेर हिँडेको तथ्य सार्वजनिक भएको छ । उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले विद्युतीय हाजिरी मेसिनबाट आफ्नो यथार्थ खुल्ने भएपछि प्राध्यापकहरुले मेसिन नै बोकेर हिँडेको जानकारी गराएका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा बोल्दै बाँस्कोटाले प्राध्यापकहरुले विश्वविद्यालयमा नपढाउने, हाजिर नहुने तर तलब नियमित बुझ्ने लाजमर्दो अवस्थालाई रोक्न आफूले व्यवस्था गरेको मेसिन नै बोकेर हिँडेपछि प्राध्यापकहरुको कुकर्म छरपस्ट भएको बताए । 

उनले भने, ‘मेसिन बोकेर हिँड्नेहरुलाई कारबाही गर्न दिएको निवेदन प्रहरीले समेत बुझ्न मानेन । हाम्रा त शिक्षकहरु पनि यस्ता भएकी २२ गते पुगेपछि एकाउण्टेनले पनि हाजिर गर्न आउनुस् भन्ने चलन । आएर हाजिर गर्यो, तलब बुझ्ने चलन । यसलाई निरुत्साहित गर्न डिजिटल हाजिरी राखिदिएको शिक्षकहरुले नै बोकेर हिँडि दे ।’ 

उनले विश्वविद्यालय राजनीतिक भागबण्डाको थलो बनेको उल्लेख गरे ।

टिप्पणीहरू