मलेसिया उड्न लागेका साउदी नागरिकको झोलामा हजारौं डलर
काठमाडौंबाट मलेसियाको क्वालालम्पुर उड्न लागेका एक जना साउदी नागरिकको साथबाट अवैध डलर फेला परेको छ ।
हिजोराति साढे ९ बजे बाटिक एअरको उडानमा त्यता प्रस्थान गर्न लागेका साउदी नागरिक अलेम्न्ट अब्दुल्ला अब्दुलारा हमानलाई १४ हजार दुई सय डलरसहित प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
एक्स ४७१५४३ नम्बरको राहदानी बोकेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षको ह्याण्डब्याग चेकजाँच एरियाबाट पक्राउ गरिएको हो । झोलामा लुकाएर विदेश लैजान लागेको डलरसहित हमानमाथि प्रारम्भिक अनुसन्धान तथा कारबाहीको निम्ति मध्यरातमा प्रहरी वृत्त गौशाला पठाइएको थियो ।
थप अनुसन्धानको निम्ति उनलाई आज राजस्व अनुसन्धान विभागको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
टिप्पणीहरू