नेपाल वायुसेवाले काठमाडौं–दमाम–काठमाडौं उडान थाल्दै

नेपाल वायुसेवाले काठमाडौं–दमाम–काठमाडौं उडान थाल्दै

नेपाल वायुसेवा निगमले भदौ २० गतेदेखि साउदी अरेबियाको दमाममा नियमित उडान थाल्ने भएको छ ।

यसका लागि आजदेखि काठमाडौं–दमाम–काठमाडौंको टिकट बुकिङ खुला भएको छ । निगमको यो ११ औं अन्तर्राष्ट्रिय गन्तव्य हो । उक्त उडान बुधबार र शनिबार हुने तालिका सार्वजनिक गरिएको छ ।

हाललाई उक्त रुटमा काठमाडौंबाट एकतर्फी भाडा ३५ हजार रुपैयाँ तोकिएको छ । उताबाट काठमाडौं आउँदा २० हजारमा टिकट पाइने जनाइएको छ ।

साउदी नेपाली कामदारको संख्याले चौथो ठूलो श्रम गन्तव्य मुलुक हो । त्यहाँ १ लाखभन्दा धेरै नेपाली कार्यरत छन् ।

टिप्पणीहरू