नुवाकोटमा खुल्यो विद्युतीय गाडी चार्जिङ स्टेसन

नुवाकोटमा खुल्यो विद्युतीय गाडी चार्जिङ स्टेसन
सुन्नुहोस्

नुवाकोटमा विद्युतीय गाडी चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत प्राधिकरणले सदरमुकाम क्षेत्रमा दुई वटा स्टेसन सञ्चालनमा ल्याएको जनाइएको छ ।

मुलुका अधिकांश र मुख्य राजमार्गमा चार्जिङ स्टेसन सञ्चालन गर्ने योजनाअनुसार बट्टारस्थित बसपार्क र हावाघार क्षेत्रमा उक्त स्टेसन बनाइएको हो । ती स्टेसनमा निजी तथा सार्वजनिक विद्युतीय सवारी साधनहरु रिचार्ज गर्न मिल्ने जानकारी दिइएको छ ।

एक करोड ४० लाख रुपैयाँ लगानीमा सञ्चालनमा ल्याइएको स्टेसनमा शुुल्क डिजिटल भुक्तानी प्रणालीमा गर्न मिल्ने बनाइएको छ । एक पटकमा सबै किसिमका तीनवटा सवारी साधन चार्जिङ गर्ने सुविधा छ ।

टिप्पणीहरू