लुम्बिनीमा एमालेको मतदान शुरु,बिष्णु-शंकरवीच जुटेन सहमति

लुम्बिनीमा एमालेको मतदान शुरु,बिष्णु-शंकरवीच जुटेन सहमति
सुन्नुहोस्

बुटवलमा जारी एमाले लुम्बिनी प्रदेश अधिवेशनमा मतदान प्रक्रिया थालिएको छ ।

मतदान दिउँसो १ बजेसम्म हुने छ । अध्यक्षमा राधाकृष्ण कँडेल र हरिप्रसाद रिजाल उठेका छन् । भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल,पुजन विश्वकर्मा र शान्तकुमार वली उपाध्यक्षका प्रतिस्पर्धी हुन् । सचिवमा यसअघि नै लक्ष्मण आचार्यको निर्विरोध भइसकेको छ ।

उपसचिव खुलाको उम्मेदवारमा उपेन्द्रलाल कामी,दुर्गाप्रसाद थारु चौधरी र पूर्ण मगर छन् । महिलामा आरती पौडेल, लीला रानामगर र वसन्ती अधिकारी उम्मेदवार बनेका छन् । लेखा कमिटी अध्यक्षमा दामोदर घिमिरे र विष्णुराज बिसीको उम्मेदवारी परेको छ ।

एमाले लुम्बिनी प्रदेश कमिटीको अधिवेशन गत शनिबारदेखि शुरु भएको हो । उद्घाटन र भोलि पल्टको बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको थियो । अध्यक्ष ओली, महासचिव शंकर पोखरेललगायत केही नेताको चाहना हरिप्रसाद रिजाललाई अध्यक्ष बनाउने रहेको छ । सोहीअनुसार प्यानलको सूची बाँड्ने र  आचारसंहिताविपरित भयो भन्दै बिरोध जनाउने काम पनि सङ्ग सङ्गै भैरहेको छ ।

टिप्पणीहरू