उचाइ र धूलो

उचाइ र धूलो
सुन्नुहोस्

अर्कैको पर्खालमाथिको कुर्सीमा बसेर
तल–तल हेर्दै
ऊ बेस्सरी कुर्लियो
म देखाइदिन्छु कि 
म को हुँ भनेर !

यो हैसियत र विराशत 
आदि–आदि ढल्नै लागेको पर्खाल हेर्दै 
स्रोताहरु भने किचिने भयले पर–पर सर्दै थिए

निमेषमै गल्र्याम्म आवाज आयो
धूलो र धूवाँले केही देखिएन
स्रोताहरु खोज्दै थिएँ
त्यहीँ कतै भेटिन्छ कि भनेर 
र पनि केही भेडाहरु भने
वहाँ अझै माथि नै हुनुहुन्छ भनेर
माथि–माथि हेर्दै थिएँ
तर अफसोस !
ऊ 
टुप्पी पनि नदेखिने गरी पुरिएछ
सायद, 
धरतीमा उचाइ र धूलोबीच 
गहिरो नाता रहेछ ।।

टिप्पणीहरू