रास्वपाको कार्यालयमा संयुक्त बैठक जारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक भइरहेको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा संयुक्त बैठक बसेको बताइएको छ ।
बैठक बालाजुस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको हो । बैठकमा उपसभापति डोलप्रसाद अर्याल, सह–महामन्त्री कविन्द्र बुर्लाकोटी, सह–कोषाध्यक्ष बसुमाया तामाङ, सदस्यहरु मनिष झा, गणेश पराजुली, शिशिर खनाल, डा.स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ, डा.तोसिमा कार्की, सोविता गौतम, निशा डाँगीलगायत दुई दर्जनको उपस्थिति छ ।
टिप्पणीहरू