कारको ठक्करबाट पैदल यात्रुको मृत्यु
भक्तपुरमा कारको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । दुवाकोटबाट पुरानो ठिमीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४१ प ३३१९ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको बा. ५ च. २०४९ नम्बरको कार आपसमा ठोक्किँदा पैदलयात्री योगराज बराललाई ठक्कर दिएको बताइएको छ ।
५८ वर्षीय बरालको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका–२ का २० वर्षीय मिलन कार्की र कार चालक मध्यपुरथिमि नगरपालिका–६ का अनुज प्रजापतीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
टिप्पणीहरू