आजदेखि २० को नोटमा पनि गभर्नर अधिकारीको दस्तखत

आजदेखि २० को नोटमा पनि गभर्नर अधिकारीको दस्तखत
सुन्नुहोस्

नेपाल राष्ट्र बैंकले आजदेखि २० दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । बैंकले यसअघिकै आकार तथा रंगमा रहेको उक्त नोटमा दस्तखत भने गभर्नर महाप्रसाद अधिकारीको रहेको जानकारी दिएको छ ।

नयाँ दस्तखत भएको नोटको संकेत नम्बर प्रिफेक्स ठ ८७ को ०००००१ देखि त १८ को ९९९९९९ सम्म छ । यस्तो नोट नौ लाख ९९ हजार ९९९ थान जारी भएको हो ।

नोट २०८० असोज १९ गते जारी भए पनि टेण्डर र डिजाइन गरिएको मितिको आधारमा २०७९ लेखिएको छ । अधिकारी २०७६ चैत तेस्रो सातादेखि पाँच वर्षको निम्ति गभर्नरमा नियुक्त भएका हुन् ।

टिप्पणीहरू