सहकारी ठगीमा वकिलहरुको राय

सहकारी ठगीमा वकिलहरुको राय
सुन्नुहोस्

सहकारीको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिको प्रतिवेदनलाई अन्तिम रुप दिनुअघि कानुन व्यवसायीहरुसँग छलफल गरिएको छ । केही कानुन व्यवसायीलाई समितिले हिजो सिंहदरबारमा बोलाएर सहकारी ठगीबारे विभिन्न जिज्ञासा राखेको बताइन्छ ।

सभापति सूर्य थापाले पहिले तोकिएको समयभित्र प्रतिवेदन बुझाउने बताएका थिए । तर प्रतिवेदन लेखनलाई समय अपुग हुने बताएपछि सरकारले १५ दिनको म्याद थपेको छ । भदौ २३ गतेदेखि  थपिएको म्याद असोज ६ गते सकिँदै छ । 

यसअघि समितिले रास्वपा सभापति तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलगायत आरोपित धेरै जनासँग बयान लिइसकेको छ । लामिछानेले समितिमा १० घण्टा लामो बयान दिएपछि भोलिपल्टै प्रहरीले उनीसँग पोखराको सूर्य दर्शन सहकारी ठगीबारे काठमाडौंमा बयान लिएको थियो । लामिछाने जिबी राई अध्यक्ष रहेको गोर्खा मिडियाका प्रबन्ध निर्देशक थिए भने नेपाल प्रहरीका पूर्व डिआइजी छविलाल जोशी गोर्खाका सञ्चालक थिए ।

टिप्पणीहरू