सवारी दुर्घटनामा घाइते न्यायाधीशको उपचार जारी

सवारी दुर्घटनामा घाइते न्यायाधीशको उपचार जारी
सुन्नुहोस्

काठमाडौंबाट विराटनगर जाँदै गरेको कार दुर्घटनामा उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मी घाइते भएका छन् ।

रेग्मी सवार बीएबी ७१४६ नम्बरको कार साँझ मदन भण्डारी राजमार्गअन्तर्गत सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाह खण्डको जंगलमा दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा ५४ वर्षीय न्यायाधीश रेग्मी र इलामको देउमाई नगरपालिका–४ का ६१ वर्षीय कृष्ण खनाल घाइते भएका छन् । घाइते दुवैको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार दुर्घटनाको कारण ‘ब्रेक फेल’ हुन सक्छ । पाँच जना सवारमध्ये खनालको अवस्था गम्भीर छ । चालकसहित अन्यको अवस्था सामान्य रहेको जनाइएको  छ ।

टिप्पणीहरू