दिउँसो सिफारिस, साँझ नियुक्ति

दिउँसो सिफारिस, साँझ नियुक्ति
सुन्नुहोस्

नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त भएका छन् । सिफारिस गरिएका अरु दुईजना धनञ्जय रेग्मी, ज्ञानेश्वर सिंहलाई पन्छाएर दीपकलाई नियुक्त गरिएको छ । 

बोर्ड सञ्चालक समितिको साँझ बसेको बैठकले जोशीलाई नियुक्त गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे संयोजक रहेको कार्यकारी प्रमुख छनौट उपसमितिले दिउँसो तीन जनाको नाम सिफारिस गरेको थियो ।

जोशीले यसअघि पनि बोर्डको सीईओको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

टिप्पणीहरू