धोबीखोला र बागमती किनारका पाँच सय रोपनी सार्वजनिक जग्गा अतिक्रमित

धोबीखोला र बागमती किनारका पाँच सय रोपनी सार्वजनिक जग्गा अतिक्रमित

काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालेको छ । प्राधिकरणले आज काठमाडौं महानगरपालिका वडा नम्बर ७, स्थित धोबीखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका भवनमाथि डोजर चलाएको छ । 

प्राधिकरण टोलीले चाबहिलस्थित मालपोत कार्यालय नजिकका भवनहरु भत्काएको छ । भवन बनाउँदा सरकारी जग्गा मिचेर बनाएकाले भत्काउनु परेको प्राधिकरणको भनाइ छ । सो क्रममा स्थानीयले केहीबेर अवरोधसमेत गरेका थिए । 

मापदण्ड विपरितको संरचना, सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्यअनुसार आजबाट काम थालिएको उपत्यका विकास प्राधिकरणले बताएको छ । धोबीखोला र बागमती नदी किनारमा झण्डै ५ सय रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको अनुमान छ ।

टिप्पणीहरू