सेनापतिको शपथअघि अढाई सय सेनानी

सेनापतिको शपथअघि अढाई सय सेनानी
सुन्नुहोस्

नेपाली सेनाले तीन जना उच्च अधिकृतको जिम्मेवारी हेरफेर गरेको छ । हालैको निर्णयानुसार तीन जना महासेनानीको सरुवा गरिएको छ ।

प्राप्त विवरणअनुसार नम्बर २४ वाहिनी अड्डाका महासेनानी शिवराज पन्तलाई पूर्वी पृतना हेडक्वार्टर पुर्याइएको छ । आजदेखि लागु हुनेगरी सरुवा गरिनेमध्ये प्रबन्धरथी विभागका भोला पाण्डे पनि छन् । उनलाईसमेत शिवराजकै पूर्वी पृतना लगिएको छ ।

उता सैनिक इञ्जिनियरिङ विभागका महासेनानी दिपक भण्डारीलाई नम्बर २४ वाहिनी अड्डामा सरुवा गरिएको छ ।

हिजोदेखि अढाइ सयबढी क्याप्टेन  (सह सेनानी) मेजर (सेनानी) मा बढुवा भएका छन् । जंगी अड्डाको सैनिक सचिव विभागका अनुसार सैनिक सेवा नियमावली २०६९ (संशोधनसहित) सेनाको साधारण सेवातर्फ रिक्त २५६ दरबन्दी पूर्ति गरिएको हो । उक्त सूचीको पहिलो नम्बरमा बरख गणका दीपकबहादुर बोहरा, दोस्रो नम्बरमा कालीदल गण (ई) का रामहरि श्रेष्ठ (हेम्बा) र तेस्रो नम्बरमा सैनिक कल्याणकारी निर्देशनालयका चन्द्रप्रसाद भट्ट छन् । 

त्यसैगरी अन्तिम तीन नम्बरमा क्रमशः नम्बर २ राजदल गणका सरोज केसी,अर्जुनवाण गणका रितेश कठायत र जगदल गणका सुनिल सापकोटा रहेको सैनिक सचिव ज्योतिन्द्र महतद्वारा जारी सूचनामा उल्लेख छ ।

टिप्पणीहरू