माओवादी नेताद्धारा श्रीमतीको शव अस्पताललाई हस्तान्तरण

माओवादी नेताद्धारा श्रीमतीको शव अस्पताललाई हस्तान्तरण

कुनै व्यक्ति पुण्य कमाउन मठमन्दिर धाउँछन्, कुनै तीर्थ यात्रा गर्छन् । बाँकेको कोहलपुरका एक श्रीमानले भने आफ्नी श्रीमतीको शव नेपालगञ्ज मेडिकल कलेजलाई हस्तान्तरण गरेर पुण्यको काम गरेका छन् ।

चिकित्साशास्त्रमा पढ्ने विद्यार्थीको अध्ययनमा सहजता ल्याउनका लागि उनले आज कलेजलाई शव बुझाएका हुन् । कोहलपुर नगरपालिका–१२ का ओमप्रकाश सापकोटा केसीकी धर्मपत्नी सावित्रीको राजधानीको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

उनले २०७८ सालमा मृत्युपछि शरीर विद्यार्थीहरुको सिकाईका लागि प्रदान गर्न सहमति दिएकी थिइन् । सोहीअनुरुप शव दान गरिएको छोरा दिपकले बताए । 

मृतक जनयुद्धका शहीद परिवारकी सदस्य हुन् । श्रीमान ओमप्रकाश नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समिति सदस्य तथा शहीद केन्द्र नेपालको संस्थापक अध्यक्ष छन् । 

माओवादीको कोहलपुरस्थित पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पणपश्चात् नेताहरु नरेन्द्र न्यौपाने, बलबहादुर खड्कालगायतको रोहबरमा कलेजका इञ्चार्ज प्रो.डा. राजेन्द्रराज वाग्लेलाई शव हस्तान्तरण गरिएको जानकारी गराइएको छ ।

टिप्पणीहरू