राष्ट्रपति भर्खरै धुलिखेल पुग्नुभयो
राष्ट्रपति रामचन्द्र पौडेल धुलिखेल जानुभएको छ । काठमाडौँ विश्वविद्यालयले स्थापना गरेको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको भवन उद्धघाटन गर्न आज भर्खरै त्यता पुग्नुभएको हो ।
दिउँसो सवा १ बजेतिर शीतल निवासबाट निस्किएको राष्ट्रपति पौडेल सवार गाडी भक्तपुरको लोकन्थली, गठाघर, थिमी हुँदै पौने २ बजे धुलिखेल पुगेको जनाइएको छ । उहाँ आजै फर्किने कार्यक्रम छ ।
टिप्पणीहरू