रोकिराखेको ट्र्याक्टर आफैँ गुड्दा घरमा खेलिरहेका बालकको निधन
शारदा नगरपालिका-४ लामाडाँडा घर भएका २८ वर्षीय देवबहादुर चन्दको घरमा रोकेर राखेको रा १ ख २८६२ ट्र्याक्टर एक्कासी गुड्दा आज बेलुकी साढे ५ बजेतिर उनका ६ वर्षीय छोरा दिक्सनको मृत्यु भएको हो ।
ट्र्याक्टर देवबहादुरकै भएको र बालक आँगनमा खेल्ने बेला च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए ।
उनका अनुसार ट्र्याक्टर कसरी गुड्यो भन्ने खुल्न सकेको छैन । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लाने तयारी भइरहेको छ ।
टिप्पणीहरू