पनौतीमा सवारी दुर्घटना, स्कुटर चालक किशोरको निधन

पनौतीमा सवारी दुर्घटना, स्कुटर चालक किशोरको निधन

काभ्रेपलाञ्चोकको पनौती नजिकै भएको सवारी दुर्घटनामा स्कुटर चालक १६ वर्षे किशोर इरोज ताम्राकारको निधन भएको छ ।

दाहालटारमा रोकिराखेको बा.७ च ६२७७ नम्बरको बलेरोमा पनौतीबाट दाहालटारतर्फ जाँदै गरेको बा.६५ प ७१३९ नम्बरको स्कुटर ठोक्किँदा चालक निधनको ज्यान गएको हो ।

स्कुटरमा सवार अर्का एक जना घाईते भएका छन् । घाइते चालक ताम्राकारलाई उपचारार्थ धुलिखेल अस्पताल पठाइएकोमा उपचारको क्रममा उनको निधन भएको हो । पनौती नगरपालिका ७ बस्ने इरोजको टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो ।

स्कुटरमा पछाडी सवार पनौती ७, ठाडोबाटो बस्ने १७ वर्षका सुबोध श्रेष्ठको उपचार भइरहेको छ । उनको मुखमा सामान्य चोट लागेको बताइन्छ ।

टिप्पणीहरू