जाजरकोट र रुकुममा भूकम्पले जनधनको ठूलो क्षति
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएराति पटक पटक भूकम्प गएको छ । राति ११ः४७ मा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसपछि १२ः०८, १२ः२९ र १२ः३५ मा क्रमशः ४.८, ४.२ र ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
मध्यरातमा गएको भूकम्पमा सो क्षेत्रमा झण्डै पाँच दर्जन मानिसको मृत्यु भएको बताइएको छ । सयौं घाइते भएका छन् । मृतकको संख्या अझै बढ्ने सम्भावना छ ।
घाइतेको तत्काल खोज तथा उद्धारका लागि सुरक्षाका तीनवटै निकाय, स्थानीय पालिकाका प्रतिनिधि, स्थानीय युवा लागेका छन् ।
भूकम्पका कारण केही सडकहरू बन्द भएका छन् । उद्वार तथा उपचारका लागि सुर्खेतबाट कम्तीमा तीन वटा हेलिकप्टर परिचालन हुने जनाइएको छ ।
टिप्पणीहरू