भरतपुर र चीनको सिगात्सेबीच भगिनी सम्बन्ध कायम
भरतपुर महानगरपालिका र चीनको सिगात्से शहरबीच भगिनी सम्बन्ध कायम भएको छ । महानगरपालिकाकी मेयर रेनु दाहाल र सिगात्से शहरका मेयर लिउ स्वाचुङ्गबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भएको समझदारी पत्रमा दुई शहरबीच पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक लाभको सिद्धान्तलाई कायम राख्दै मैत्रीपूर्ण सहयोग आदानप्रदान गर्ने उल्लेख छ ।
आगामी दिनमा दुवै पक्षले आर्थिक, साँस्कृतिक, कृषि, पशुपालन, पर्यटनलगायत क्षेत्रमा थप सहयोग आदानप्रदान गर्नेछन् ।
यस्तो सम्बन्ध पाँच वर्षको लागि मान्य हुने समझदारी पत्रमा उल्लेख छ ।
टिप्पणीहरू