नेपाली रेलको लिकमा भारतीय किचिए
जनकपुरबाट भारतको जयनगरतर्फ गइरहेको नेपाली रेलको लिकम एक जना भारतीय नागरिक किचिएका छन् । प्रहरीका अनुसार भारतको बेलहियाका ६० वर्षीय विन्देश्वर दासको मृत्यु भएको हो ।
दुर्घटना आज बिहान धनुषाको बैदेही स्टेसनबाट पाँच सय मिटर टाढा भएको हो । रेलले किचेपछि शरीर र गोडा छुट्टिएको शव पोस्टमार्टमको निम्ति जनकपुरधाम लगिएको छ ।
टिप्पणीहरू