राष्ट्रिय सभाका अध्यक्षसँगै भएभरका सभामुख र उपसभामुख राति विदेशतिर

राष्ट्रिय सभाका अध्यक्षसँगै भएभरका सभामुख र उपसभामुख राति विदेशतिर
सुन्नुहोस्

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सात वटै प्रदेशका सभामुख र उपसभामुख अस्ट्रेलिया जान लागेका छन् । तिमिल्सिना नेतृत्वको १२ सदस्यीय प्रतिनिधिमण्डल आज राति मलेसियाको राजधानी क्वालालम्पुर हुँदै त्यता जाने कार्यक्रम छ ।

संसद सचिवालयले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को संसद सहयोग परियोजनाअन्तर्गत अध्ययन भ्रमण हुन लागेको जानकारी दिएको छ । प्रतिनिधिमण्डलले त्यहाँको संसद, न्यु साउथ वेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसदमा पुगेर भेटघाट गर्ने बताइएको छ ।

अध्यक्ष तिमिल्सिनासँगै सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारी,कर्णालीका सभामुख नन्दा गुरुङ,गण्डकीका सभामुख कृष्णप्रसाद धिताल,कोशीका उपसभामुख सृजना दनुवार, मधेशका उपसभामुख बबिताकुमारी राउत ईशर,बागमतीका उपसभामुख अप्सरा चापागाईं खत्री र लुम्बिनीका उपसभामुख मेनुका खाँड के.सी अष्ट्रेलिया जाने टीममा हुनुहुन्छ  । 

टोलीमा मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी,राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना,संघीय संसद सचिवालयका प्रमुख पुस्तकालय अधिकृत कमलादेवी शर्मा पनि रहेको बताइएको छ ।

सचिवालयका अनुसार टोली आज राति मलेसियन एअरलाइन्सको उडानमा त्यता जान लागेको छ ।

टिप्पणीहरू