मेलम्चीको गुलियोमा काठमाडौँको छापा

मेलम्चीको गुलियोमा काठमाडौँको छापा

मण्डनदेउपुर नगरपालिका–९ काभ्रेपलाञ्चोकका बिपिन नेपाल अनुज्ञापत्र नलिई खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा ५० हजार धरौटीमा छुटेका छन् । काभ्रेपलाञ्चोक जिल्ला अदालतका जिल्ला न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले ०८० मंसिर ४ गते मुद्दा पुर्पक्षको लागि धरौटी माग्ने आदेश गरेको हो । 

विपिनले मेलम्ची १२ सिन्धुपाल्चोकस्थित ब्ल्याक वी प्रालिले उत्पादन गरेको मह काठमाडाँै महानगरपालिका–६ स्थित तामाङ मार्ट प्रालिमा बेचेका थिए । सोही मार्टलगायत राजधानी र विभिन्न जिल्लामा बिक्री गरिएको मह खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, काठमाडौँको अनुगमन टोलीले २०७८ माघ १८ गते अनुगमन गरेको थियो ।

न्यूनतम अनिवार्य गुणस्तर मापदण्डअनुसार नभएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बवरमहल काठमाडौँले पुष्टि गरेको छ । विपिनले दाङ जिल्लाका किसानबाट संकलन र प्याकेजिङ गरी बजारीकरण गर्ने गरेको र त्यो समयमा महको गुणस्तर नाप्ने कुनै ज्ञान र प्रविधि नभएका कारण गल्ती भएको स्विकारेका छन् ।

यसअघि काभ्रेका केही दुग्ध डेरीको अनुगमन गरिएको थियो । 

– मोतीराम तिमल्सिना
 

टिप्पणीहरू