मोरङ्क कलेजका दुई बैचारिक योद्धाको स्मृतिमा
–जगदीशराज बराल
“पिँजडाभीत्र पखेटा फटपट्याउँदैमा केही पाइन्न,मौकाको प्रतिक्षा गरौँ,एक दिन पिँजडाबाट मुक्त होइन्छ । ....गोडा उखेलेपनि सास त बाँकी रहन्छ । जति झोक्का मारेपनि हावा नै त हो । वितिहाल्छन बाधाहरु मनमा हिम्मत राख । जति अँध्यारो भएपनि बिहान हुन कशले रोक्छ र ,हुन्छ नै बिहान ।”भन्ने भारतीय लेखीका पारुल चतुवेर्दीका उपरोक्त पंक्तिहरुका भाव अखिलेश दाशलाई पहिले नै अवगत थियो । आमा आउँछ त्यो पक्कै पनि आउँछ भन्ने गोपाल प्रसाद रिमालले क्रान्ति आउने भनेर गर्नुभएको प्रतिक्षा झैं अखिलेश जी ले पनि गर्नु भएको थियो ।
“जव राम्रा परामर्शहरु तथा प्रयासहरु अशफल हुन्छन,त्यस अवस्थामा हिंशा पनि आवश्यक हुन्छ भन्ने शिक्षा दिनका लागि अर्जुन र कृष्णले युद्ध गर्नु भयो”(श्री श्रीमद ए.सी. भक्ति वेदान्त स्वामी प्रभुपाद,१९९७ । श्री मद भगवद गीता यथारुप । भक्ति वेदान्त बुक ट्रष्ट,हरेकृष्ण धाम,जुहु,मुम्बई,
४०००४९,भारत । ई.सं.१९९७ नवौँ संस्करण सेप्टेम्बर ई.सं.२०१६) भन्ने गीताको ज्ञान उहाँलाई प्राप्त भएकाले नेपालमा जनताले हिंशात्मक क्रान्ति गर्नेछन् भन्ने उहाँको ठहर थियो । त्यसैले तराइमा ६० प्रतिशत स्थानीय भाषी तराइबासी काँग्रेश समर्थक,३० प्रतिशत पञ्चायत र बाँकी स्वतन्त्र र बामपन्थी समर्थक भएको अवस्थामा पनि उहाँ एक गरिव–निम्न बर्गीय परिवारको मानिस बामपन्थी तर्फ झुकाव राख्नु भयो । तत्कालीन सवभन्दा ठूलो नेपाली कम्युनिष्ट दल नेकपा(चौथो महादिबेशन) को विचारप्रति उहाँको समर्थन भयो । अत्यन्त सरल,मिलनसार,कुराले सवैलाई हँसाउने शैली रोचक थियो।
बिराटनगरको दुगड,गोल्छा परिवारको पहलमा स्थापित महेश जाजु,महेश सोनी,शिव शङ्कर अग्रवाल,शङ्कर–प्रहलाद–प्रभु–जगदीश–बिनोद तोदी,गणेश–विजय अग्रबाल,ओम प्रकाश लोहीया,जगदीश राठी, सुरेन्द्र लोहडा,मोती दुगड,शम्भु शर्मा लगायतका उधमी पैदा गर्ने सत्यनारायण माध्यमिक विधालयको उहाँ पुरानु शिक्षा तप,र्mको अन्तिम एसएलसी विधार्थी र म नयाँ शिक्षा तर्फको पहिलो एसएलसी विधार्थी भएपनि तत्कालीन नीति अनुशार पुरानु र नयाँ शिक्षाका एसएलसी उर्तीण भएकालाई एकैचोटी महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पसमा भर्ना हुनुपर्ने भएपछि हामी क्याम्पसमा एकैसाथ भयौँ । उहाँ मानविकी तथा म व्यवस्थापन सङ्काय तर्फ प्रविणता प्रमाणपत्र तहमा बि.सं.२०३३ सालमा भर्ना भयौँ ।
क्याम्पसमा मानवीकी तर्फ उहाँका सहपाठीहरुमा अ.ने.रा.स्व.वी.यू.का मूलधार तर्फ आठौँका कार्यबाहक अध्यक्ष भरत पोखरेल,मृदुला घिमिरे कोइराला,सुनिल दाहाल,फणिन्द्र तिम्लिसना,श्याम दाहाल,उदय प्रसाई लगायत हुनुहुन्थो । शिवशङ्कर अग्रवाल,,प्रहलाद तोदी,गणेश अग्रवाल लगायत विधालयका उहाँका अधिकांश सहपाठीहरु व्यवस्थापन तर्फ भर्ना हुनुभयो ।
मधेश आन्दोलन पवित्र रुपमा मधेशको अधिकारको लागि भनेर भए पनि पछि गएर विटुलिएर विदेशीले माओबादीलाई तह लाएर आफ्ना स्वार्थ पुरागर्ने पात्रहरुको खोजी तथा पहिचानको लागि रचिएको कला थियो की भन्ने उहाँको पनि आशङ्का रहेको थियो भन्ने सुनेको थिएँ । उहाँको छिमेकी एबं बिधालयका सहपाठी लेखक तथा बुद्धिजीवी जयन्त प्रधानाङ्गले २२ अगष्ट ई.सं.२०२३ मा आफ्नो सामाजिक सञ्जालमा साझा गर्नु भएको एक मुक्तकमा–“कस्तो वीउ छरि दियौ जातीय द्वेश फल्ने खालको,कस्तो बृक्ष रोपि दियौ धार्मिक द्वन्द बढ़ने खालको । एउटै मालामा उनिएर रहन खोजिरहेका हामी माझ,कस्तो ज्ञान भरि दियौ एउटा हाँस्दा अर्को जल्ने खालको ।।”भनेर ब्यक्त गरेको भाव झैँे तराईका अपेक्षित वर्गको हितको लागि भनेर संविधानमा अहमत जनाउँदै शुरु भएको त्यो मधेश आन्दोलन पछि गएर देशको सामाजिक,राष्ट्रिय एकता औ सार्वभौम सत्ता मै खलल पुर्याउने खालको भएको भन्ने उहाँको बिचार थियो भन्ने कुरा उहाँका नजीकका मानिशले सुनाएका थिए ।
एउटा आर्दश नेपाली,एक जना प्रगतीबादी बिचार राख्ने सचेत नेपाली नागरिक–प्राध्यापक अखिलेश्वर लाल दाशकको बि.सं.२०७९ कार्तिक ३० गते हृदयघात भएर देहान्त हुनुभएको खवर सुन्दा उहाँलाई चिन्नेहरु स्तभ्ध भएका थिए । “उहाँको स्मृतिमा मैले केही लेख्ने बिचार गर्दैछु” भनेर मैले उहाँको सहपाठी एवं उधोग सङ्गठनक मोरङ्गका पूर्व अध्यक्ष शिव शङ्कर अग्रवालसँग जिज्ञाशा राख्दा उहाँ अथ्यन्त खुशी हुँदै भन्नु भयो–“एक नैतिकवान,राष्ट्रबादी मान्छेको लागि सराहनीय काम । ”
भगवान चैतन्य महाप्रभुले–‘शिक्षकले शिक्षा दिनु भन्दा पहिले त्यो कुरालाई आफैँले आचरण गरेर देखाउनु पर्दछ । यस किशिमको व्यवहारिक शिक्षा दिने शिक्षकलाई आचार्य वा आदर्श शिक्षक भनिन्छ’ भनेर भन्नु भए झैँ अखिलेशजी आचार्य–आदर्श शिक्षक नै हुनुहुन्थयो,सदाचारी ।
बि.सं.२०८० मंशिर ३० गते प्रथम बार्षिक स्मृति सभा विराटनगरमा मनाइएको व्यहोरा मेरा आदरणीय गुरु तथा संघीय लोक सेवा आयोगका पूर्व सदश्य कृष्ण पोखरेलको सामाजिक सञ्जालको भित्तामा उहाँ सहित नेका–नेकपा समाजबादीका प्रतिनिधि सहित सहभागी हुनुभएको तस्वीहरु साझा गरिएको ब्यहोरा हेरेपछि यो पंक्तिकारलाई मंशीर ०९ गतेको स्मरण भयो । २०१५ साल मंशिर ०९ गते नेकपा चौमसँग सम्बद्ध आफुलाई संस्थापन पक्षभन्नु हुने अखिल–छैँठौँका पूर्व प्रथम मोरङ्ग जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य तथा प्राज्ञ अखिलेश्वर दाशको जन्म र महेन्द्र मोरङ्ग आदर्श बहुमुखी केन्द्रीय क्याम्पसमा भएको दुई पक्षधर बिधार्थीको झडपमा २०३८ साल मंशिर ०९ गते नेकपा माले सम्बद्ध अखिल एकताको पाँचौँ मोरङ्ग जिल्ला सदस्य फणिन्द्र तिम्लसिनाको भएको मृत्यु(जगदीशराज बराल,२०८० । फणिन्द्रलाई कसले हान्यो पिस्तोल ? त्यो पिस्तोल कसले लग्यो ? । सौर्य दैनिक प्रिण्ट तथा अनलाइन दुबै संस्करण । १३ जेठ बि.सं.२०८०)–दुबै एकै कलेजका एकै कक्षाका मानवीकी अर्थशास्त्रतर्फका विधार्थी ।
यी दुवैको सम्झना हुँदा उहाँहरुको आनीवानी मध्ये चुरोट पिउने बानीको पनि सम्झना भयो । चुरोट चुरोट पिउदै चीया सँगै खाँदा चुरोटको खरानी झार्दा हात चुटकी बजाउने अखिलेशजीको शैली रोचक थियो । पछि छोडनु भयो की भएन थाहा पाइएन । फणिन्द्रजीले चाहिँ बिरलै मात्रामा चुरोट पिउने गर्नुहुन्थयो ।
देशको मशिहा भएको डिङ्ग हाँक्दै भगवान(सर्व शक्तिमान) को पद हत्याउन खोजेको योग्यता नभएका राजनीतिज्ञहरु भगवानको शक्ति नभएका इश्वरीय दलाल अवतार हुन भन्ने मेरो ठहरलाई उहाँबाट अनुमोदन गराउन मैले नपाएपनि उहाँबाट पक्कै अनुमोदन हुन्थ्यो होला जस्तो लाग्छ । “हामी मर्दा जनताको शीर उठाई मर्छौँ ” भन्ने गीत सुनेर राजनीतिमा लाग्नु भएको अखिलेश जी मृत्युको घडीमा राष्ट्रघाती,जनघाती,दलाल,व्यापारिक राजनीतिले जनताको शीर निहुरेको टुलुटुलु हेरेर देह त्याग गर्नु भयो । फणिन्द्रजीले देशलाई जोगाएर निम्न बर्गको महुार फेर्न साथीहरुलाई जिम्मा दिएर गोली खाएर स्वर्गबाश हुनुभयो । अहिले बामपन्थीहरुका आ–फ्ना शहीदहरु छन्,स्व.अखिलेशजी र स्व. फणिन्द्रजीको प्रदेशस्तरीय स्मृतिपनि के बेर आ–आफ्नाहरुलाईमात्र निमन्त्रणा गरेर मनाएका हुन सक्छन । तलका शब्दहरुबाट यी दुवै सच्चा देशभक्त स्व.उहाँहरुप्रति न्यानो आत्मीय श्रद्धासुमन !–
“न जन्म कुछ न मृत्यु कुछ महज इतनी बात है,किसीकी आँख खुल गई किसी को नीँद आ गई....।+ + + + + + + । रुके नहीँ कोई यहाँ नामी हो कि अनाम । कोई जाए सुबह को,कोई जाए शाम ।।...जो आए ठहरे यहाँ थे न यहाँ के लोग । सबका यहाँ प्रवास है,नदी नाव सँजोग ।। सिर्फ बिछुड़ने के लिए हैँ ये मेल मिलाप । एक मुसाफिर हम यहाँ,एक मुसाफिर आप।।....“(– महाकवि नीरज । भारत ।) ।
“जिन्दगी और मौत ऊपर वाले के हाथ मेँ हैँ जहाँपनाह,जिसे न आप बदल सकते हैँ ना मैँ । हम सब तो रङ्गमञ्च की कठपुतलियाँ हैँ जिसकी डोर ऊपर वाले की अङ्गुलियोँ मेँ बँधी है,कब,कौन,कैसे उठेगा,ये कोई नहीँ जानता ।”(–गुलजार,ई.सं.१९७१ । भारतीय–हिन्दी चलचित्र ‘आनन्द’को लागि सम्बाद । भारत ।)।“शाम ढले हर पञ्छी को घर जाना पड़ता है । कौन खुशी से मरता है मर जाना पड़ता है ।”(–शायर अनवर जलालपुरी,भारत ।) । “हामी मान्छेको जीवन यसै पनि अर्थहीन–सारहीन–हो सपनाहरू जस्तै;र हाम्रो छोटो जिन्दगी हाम्रा निन्द्रासँगै समाप्त हुन्छन सपना जस्तै गरी (--"We are such stuff as dreams are made out on;and our little life is rounded with a sleep" । दुवै स्व.बिधार्थीप्रति पून ःभाव भीना–बिनम्र–सादर एबं श्रद्धापूर्ण–स्मरण,श्रद्धा सुमन,भावाञ्जली–सादर आदराञ्जली !!!
( लेखक स्व.अखिलेशजी र फणिन्द्रजीका क्याम्पसका मित्र हुनुहुन्छ) ।
टिप्पणीहरू