अभिनेत्री रकुलप्रितले निर्मातासँग लगनगाँठो कस्ने

अभिनेत्री रकुलप्रितले निर्मातासँग लगनगाँठो कस्ने
सुन्नुहोस्

बलिउड अभिनेत्री रकुलप्रित सिंहले आगामी २२ फेब्रूअरीमा विवाह गर्ने भएकी छन् । उनले निर्माता ज्याकी भगनानीसँग लगनगाँठो कस्न लागेकी हुन् । 

सन् २०२४ को सुरुवातसँगै रकुलप्रीतले ४ वर्षको प्रेम सम्बन्धपछि आफू विवाह गर्ने सोचमा पुगेको बताएकी छन् । दैनिक भाष्करका अुनसार उनीहरुको बिहे गोवामा हुनेछ । 

यी दुईको प्रेम सम्बन्धबारे यतिबेला भारतीय सञ्चारमाध्यममा 'हटकेक' बनेको छ । रकुलप्रीतले पनि आफ्नो प्रेमसम्बन्धबारे खुलेरै बोलेकी छन् । उनले भनेकी छन्, 'हाम्रो प्रेम अलिक फिल्मी छ । कोभिडका कारण शहरमा लकडाउन भएको बेला हामी पहिलोपल्ट भेटेका थियौ ।' 

एउटै घरमा बस्दा पनि आफूहरु ३४ महिना एर्काअर्कासँग अपरिचित रहेको पनि उनले बताएकी छन् । उनले थपेकी छन्, 'रमाइलो कुरा के छ भने हामी एउटै बिल्डीङमा बस्थ्यौँ । तर हाम्रो अपार्टमेन्ट फरक-फरक थियो । आ-आफ्नो कामको व्यस्तताको कारण हामीले एकअर्कालाई वास्तै गरेका थिएनौ । पछि विस्तारै हामी साथी बन्यौ।' 

सन् २०२१ बाट आफूहरुले औपचारिक रुपमै प्रेमसम्बन्ध सुरु गरेको उनले बताइन् । ज्याकीले प्रेम प्रस्ताव राखेको क्षण सम्झिैदै उनी भन्छिन्, 'सन् २०२१ मा मेरो वर्थ डे अवसरमा उसले मलाई प्रेम प्रस्ताव राखेको थियो । त्यतिबेला म कति खुशी थिए भन्ने कुराको बयान गर्न म शब्दमा सक्दिन।' 

त्यसो त, सन् २००९ मा कन्नड चलचित्र 'गिली' बाट अभियनमा डेब्यू गरेकी रकुलप्रीतले तामिल, तेलुगु र हिन्दी गरेर करिब ४५ भन्दा बढी चलचित्रमा काम गरिसकेकी छन् । 

ज्याकीले पनि 'कठपुतली', 'गणपत', 'मिसन रानीगन्ज' लगायतका चलचित्र  निर्माण गरिसकेका छन् उनी अहिले अक्षय कुमार र टाइगर श्राफको मुख्य भूमिका रहने फिल्म 'बडे मिया छोटे मिया' निर्माण गर्दैछन्।

टिप्पणीहरू