लामिछानेका बाचाले जो झुक्किए

लामिछानेका बाचाले जो झुक्किए

‘चोरको खुट्टा काट्’ भन्दा फुत्त खुट्टा झिकेजस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ग्यालेक्सी टेलिभिजन फोर केबाट आफ्नै सहकर्मी पत्रकार तथा कर्मचारीलाई अलपत्र पार्दै खुट्टा थुतेको देखिएको छ ।

टेलिभिजन सञ्चालनका लागि चाहिने बजार, विज्ञापन, आर्थिक रुप्मा दिगो तथा टिकाउ अवस्था र कार्यक्रमबारे राम्रो ज्ञान भएका लामिछानेको जालमा परेर ओखलढुंगाका व्यवसायी गितेन्द्रबाबु (जिबि) राई पनि घर न घाटको हुन पुगेका छन् ।लामिछानेको टेलिभिजन क्षेत्रमा देखिएको ज्ञान, अनुभव र सम्पर्क तथा सेलिब्रिटी छविको कारण राईले सहकार्य गर्न अग्रसर भएको तर उनले बीचैमा धोका दिएपछि सबै कुरा चौपट भएको बताउन थालेका छन् । 

राईलाई लामिछानेले ससुराली खलकले सञ्चालन गरेको एफएम र टिभी फिल्मी टेलिभिजन च्यानल किनाएर घाँडो पन्छाएका थिए । ससुरालीको घाँडो जति राईलाई भिडाएपछि लामिछानेले राम्रै राहत अनुभव गरे । त्यसपछि ग्यालेक्सी फोर के टेलिभिजनमा लगानी बिनै प्राप्त १६ प्रतिशत वर्किङ सेयर फिर्ता लिई पुरै राजनीतिमा होमिए । उनको टेलिभिजन छोडेपछि पत्रकार र कर्मचारी भने तलब नपाएर अलपत्र परेका छन् । तलब बिना पत्रकार तथा कर्मचारीले काम नगर्ने भएपछि तीन वर्ष नपुग्दै ग्यालेक्सी फोरके टेलिभिजन बन्द भएको छ । 

टेलिभिजन क्षेत्रमा धेरै वर्ष कार्यरत भएकाले लामिछानेलाई नेपालमा टेलिभिजनको बजारीकरण, विज्ञापन र आर्थिक आधारलगायत सबै विषयको ज्ञान छ भन्दै अरबौंको लगानीमा ग्यालेक्सी फोरके खोल्न राई हौसिएका हुन् । करोडौंको उपकरण खरिद गरी तारे होटलमा दुई÷दुई पटक भव्य कार्यक्रमको आयोजना निम्ति करोडौं खर्च त्यसै भएको होइन । 

यी सबै प्रकरणलाई सुक्ष्म तवरले विश्लेषण गर्ने हो भने पनि लामिछाने जिबी राईलाई झोस्ने अनि आफू सुरक्षित रूपमा बाहिरिने रणनीति शुरुदेखि नैं लिएको देखिन्छ । अन्यथा चलाख र चतुरो देखिएका लामिछानेले आफ्नो नाम जोडेर त्यत्रो टेलिभिजन सञ्चालनका लागि अनुमति दिने थिएनन् भन्ने अपराधशास्त्रका विज्ञहरूको ठहर छ ।

किन गए रवि मलेशिया ?

केही साताअघि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गरेको मलेशिया भ्रमणको मुख्य उद्देश्य पशुपतिको दर्शन र सिद्राको व्यापार रहेको दाबी स्रोतले गरेको छ । एनसेल प्रकरणमा नबोलेवापतको कामकुरा मिलाउन त्यहीं पारी बस्ने सतिशलाल आचार्य र सिद्राको व्यापार अर्थात् आफैंले तन्नम बनाएका पार्टनगर जिबी राईलाई भेट्ने उद्देश्य त थिएन त्यसबेला ? 

सानो कुरा भेट्नासाथ सदनमा बुरुक्क बुरुक्क उफ्रिने रास्वपाका नेता तथा कार्यकर्ता एनसेल प्रकरणमा भने पुरै चुप्पी साँधेर बसेको घटनाले यो कुरा सङ्केत गरेको छ भनिन्छ । यस प्रकरणमा अन्य सबै जसो दलले मुख खोले पनि रास्वपा भने पुरै मौन छ । सडक र संसद अनि सामाजिक सञ्जाल कतै पनि त्यसको विरुद्ध रास्वपाले चुइँक्क गरेको छैन । 

 

टिप्पणीहरू