कर्णेल र मेजरबीच कुटाकुट

कर्णेल र मेजरबीच कुटाकुट सांकेतिक तस्विर
सुन्नुहोस्

‘ओई, मलाई किन दाइ भनिस् ?’ यसो भन्दाभन्दै व्यारेकभित्रै हात हालाहाल चल्यो ।

पोखराको फूलबारी व्यारेकमा गत शुक्रबार भएको घटना हो यो । नेपाली सेनाको नियमित भर्नाबाट पदोन्नती पाउँदै कर्णेल भएका हाकिम र माओवादी लडाकूलाई समायोजन गरेपछि बढुवा हुँदै शान्ति सेना गएर आउनुका अलावा मेजरसम्म भैसकेका हाकिमबीच भएको सामान्य भनाभनले अन्ततः हानाहानको रुप लिएको हो । समायोजन भएका लडाकूलाई सेनाभित्र ४३ बेसिकभन्दा सिनियर मानिन्छ ।

अहिले ४८ बेसिकसम्मका अधिकृतहरु कर्णेल भइसकेका छन् । दर्जाले आफूभन्दा सानो भए पनि ‘सर’ को सट्टा ‘दाइ’ भनेर संबोधन गर्नुलाई फौजमा अपमानका रुपमा लिइन्छ । ४६ बेसिकका एकजना कर्णेलले समायोजन भएर आएका मेजरलाई ‘दाइ’ या भाइ भन्दा फूलबारी व्यारेक तनावग्रस्त भएको हो । ‘म तेरो दाइ हो ?’ भन्दै मेजरले पाखुरा सुर्किएपछि भगवती दल गण, पोखराका लेफ्टिनेन्ट कर्णेल सन्जयकुमार खत्री पनि चूपचाप बस्न सकेनन् । यसपछि त्यो साँझ मेसमा हानाहानको अवस्था आएको बताइन्छ ।

उनले समायोजनबाट गएको लडाकु हुँदा सेनाको स्टाफ कलेज उत्तीर्ण गर्न नसकेपछि युसिएससी तालिम गरिसकेका छन् । त्यस्तो तालिम गर्नेहरुको एक चरणको म्याद थपिए उनीहरु मेजरसम्म हुनसक्छन् । 


 

टिप्पणीहरू