अर्बपति माननीयको खल्तीमा ३ लाख

अर्बपति माननीयको खल्तीमा ३ लाख

एकातिर विपन्न नागरिकले उपचार नपाएर मृत्युवरण गर्न बाध्य हुनुपरेका समाचार मिडियामा छाइरहेका छन् । अर्कापट्टी हुनेखानेबाट उपचार खर्चका नाममा मनपरि भइरहेको भेटिन्छ ।

सिन्धुलीका सांसद श्यामकुमार घिमिरेले २ लाख ९३ हजार रूपैयाँबापत उपचारखर्च राज्य कोषबाट बुझेको सूची सार्वजनिक भएको छ । घिमिरे उनै व्यक्ति हुन् जसले चुनाव जित्न करोडौँ खर्च गरेको भन्दै आलोचना भएको थियो । उनी निजी अस्पतालका मालिकसमेत हुन् । निःशुल्क उपचारको क्याम्पसमेत चलाउँदै हिँड्छन् । आफैंमा अर्बपति यी सांसदलाई राज्यकोषबाट २ लाख ९३ हजार लिनुपर्ने के बाध्यता थियो ?

‘धन देखेपछि महादेवका तीन नेत्र’ भन्ने उक्तिका रचनाकार अज्ञात रहे पनि घिमिरेका हकमा ठ्याक्कै मिल्न आएको छ । कांग्रेस केन्द्रीय सदस्य र प्रतिनिधिसभा निर्वाचन २०७९ मा सिन्धुली १ बाट निर्वाचित सांसदसमेत हुन् । ३०३९१ लोकप्रिय मतसहित चुनाव जितेका उनी कांग्रेसको लेखा समिति संयोजक छन् ।

वास्तविक विपन्नको ज्यान बचोस् भनेर सरकारले आर्थिक सहायता बाँड्ने गर्छ । कल्याणकारी राज्यको अवधारणाअनुसार सामाजिक सुरक्षाका खातिर यसरी उपचार खर्च वा अन्य सहयोग बाँड्ने नीति बने पनि त्यो रकम भने दुर्भाग्यवश घिमिरेजस्ता प्रभावशालीको कब्जामा पुग्ने गरेको छ । 
 

टिप्पणीहरू