मन्त्राणीकाे मन बुझाएपछि...

मन्त्राणीकाे मन बुझाएपछि...

मन्त्रीको पिए बस्दा मन्त्रीले भन्दा बढी तलब खाने अड्डा मिल्छ, सचिवहरूको त कुरै छाडौं ! परराष्ट्र मन्त्री एनपी साउदका निजी सचिव हरि ओडारीले उक्त कुरा चरितार्थ पारेका छन् ।

हालै मन्त्रालयले विभिन्न मुलुक र निकायका निम्ति निकालेको पोष्टिङमा ओडारी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा परेका छन् । बस्ने काठमाडौंमै हो । सार्कको मुख्यालय ठमेल, त्रिदेवीमार्गमा छ । अनि, तलबचाहिँ डेढ लाखभन्दा बढी । जबकी, नेपालका क्याबिनेट मन्त्रीले ८६ हजार हाराहारीमा तलब लिन्छन्, सुविधासहित एक लाखमात्रै हुन्छ ।

ओडारी त मन्त्रीका पिए थिए, म्याडमलाई रिझाएर सार्क गए । बाह्रैमासे शक्तिकेन्द्र रिझाउन माहिर उपसचिव चक्र सुवेदी पार्किन्सन रोग देखाउँदै त्यसको उपचारमा पनि मद्दत पुग्छ भनी फेरि न्युयोर्क हान्निएका छन् । पहिला बेइजिङ बसेकी सावित्रा वली डेनमार्कमा परिन् । त्यहाँ ओडारीलाई पठाउन खोजिँदा उनी गएनन् । त्यस्तै, हरिहरकान्त पौडेल टोकियो गए ।

बेल्जियममा आँखामा समस्या भएका नारायण वाग्ले परेका छन् । डेनमार्कका उपसचिव सुरेश अधिकारी सहसचिवमा बढुवा भएर खालि छ । अब परराष्ट्रका सहसचिवमा अमृत राईसहित थोरै वामपन्थी पृष्ठभूमिका बाँकी रहे ।

माओवादीमा पनि अग्नी सापकोटानिकट मानिने केपी ढकाल सन्की सहसचिव हुन् । वामपन्थीको बिल्ला लागेका अर्का सहसचिव कृष्ण ढकाल हुन् ।
त्यस्तै, रोमानिया र ग्रीसमा रहेका नेपालीको राहदानी नवीकरणका लागि राहदानी विभागले दुई जना सहसचिव पठाउँदैछ ।

अहिलेको पोष्टिङमा रञ्जिता दाहाल पीडित भइन् । तीन वर्षअघि इजिप्टको कायरोमा हुुँदा श्रीमान् विरामी भएर पूरै समय बस्न सकिनन् । दुई–तीन महिना बसिन् ।

परपीडक स्वभावका सहसचिव भरत पौडेलले उनलाई एउटा पोष्टिङमा पूरै अवधी नबसी अर्को पोष्टिङमा नहाल्ने भनेपछि उनी पीडित भएकी हुन् । विपिन दवाडीलाई हतार हतारमा ६ महिने प्रावधान लगाई अवसर दिइएन । 

टिप्पणीहरू