जन्ती बोकेको जीप दुर्घटनामा दुई बिते, १६ घाइते

जन्ती बोकेको जीप दुर्घटनामा दुई बिते, १६ घाइते

तनहुँमा जन्ती बोकेको जीप दुर्घटनामा दुई जनाको निधन भएको छ । आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरमा आज बिहान भएको दुर्घटनामा आँबुखैरेनी गाउँपालिका–६, छापस्वाँराका ७२ वर्षीय आसवीर गुरुङ र व्यास नगरपालिका–९ गजौडे का १७ वर्षीया तुलसी गुरुङको ज्यान गएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आसवीरको घटनास्थलमा र तुलसीको उपचारका क्रममा चितवनमा मृत्यु भएको छ ।

जन्ती बोकेको बा.१८च ५९२१ नम्बरको जीप दुर्घटनामा १६ जना घाइते भएका छन् । दुर्घटनामा घाइते सबै आँबुखैरेनी गाउँपालिकाका स्थानीय हुन् । उनीहरुमध्ये केहीको चितवनस्थित नयाँ मेडिकल कलेज र केहीको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।
 

टिप्पणीहरू