फोटो ओलीको, राजनीति अर्कै टोलीको

फोटो ओलीको, राजनीति अर्कै टोलीको
सुन्नुहोस्

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको फोटो नाम र लोगोसरह नै चर्चामा भइरहेको तथ्य त पार्टी दस्तावेजमा औपचारिक लेखिनुबाहेक निर्विकल्प सत्यसरह नै स्थापित छ ।

नेकपा विभाजनपछि पार्टीका कार्यक्रममा ओलीको फोटोलाई टुडी र थ्रीडी फम्र्याटमा प्रिन्ट गरेर फोटो खिच्ने ठाउँमा राख्नु धेरै पुरानो र नियमित नै भइसकेको छ । तर, पार्टीभित्र आफूलाई ओलीनिकट भनेर देखाउनका लागि हुने प्रतिस्पर्धामा समेत त्यस्तो फोटो दुरूपयोग भइरहेको छ । अझै सार्वजनिक मञ्च तथा कार्यक्रममा प्रमुख अतिथि भनेर समेत ओलीको फोटो दुरूपयोग भइरहेको छ । 

जिल्ला अधिवेशन नजिकिइरहेको चर्चा हुन थालेपछि एमाले ललितपुरमा पनि आफूलाई निकट देखाउन अध्यक्ष ओलीको फेसबुक पेजका स्टाटस र फोटो शेयर गर्ने होडबाजी छ । ओलीको आशीर्वाद वर्तमान जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यलाई नै हुने भएपछि चेतनाथ सञ्जेल भिन्न शैलीका दौडधुपमा छन् । ओलीलाई आफ्नो प्रभाव देखाउन केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकारलाई लिएर बालकोट धाएको धाएकै छन् ।

हालै मात्र आफू चुनाव लडेको क्षेत्र ललितपुर १ ख को एउटा विद्यालयमा प्रमुख अतिथि बन्न अनुरोध गर्ने नाममा बालकोट पुगेर पार्टी राजनीतिभित्र दोहोरो कार्ड खेलेका छन् । यो भेटमार्फत जनतामा पूर्वप्रधानमन्त्री तथा एमालेको अध्यक्षसम्म सहज पहुँच भएको र पार्टीभित्र ओलीको विश्वासिलो भएको । फागुनको ५ देखि ७ सम्म महालक्ष्मी महोत्सवमा अध्यक्ष ओली जाने भनेर प्रचार गरी अन्तिममा नजाँदा नगरपालिका नेतृत्व विवादित र आलोचित बन्नुपरेको बताउँदै सम्भावना हेरेर मात्रै स्थानीय स्तरमा प्रचार गर्नु नत्र पार्टीकै भेटघाट भनेर अध्यक्ष भेट्दा भैगयो नि भन्दै आलोचना भएको छ ।

महोत्सव दम्भकै कारण विवादित 

एमालेले मेयर र कांग्रेसले उपमेयर जितेको महालक्ष्मी नगरपालिकामा आयोजित महोत्सव विवाद नै विवादबीच फिक्का भएको छ । एमालेभित्रकै पनि मेयर हरिगोविन्द श्रेष्ठ असफल भइदिए हुन्थ्यो भन्ने टोलीले त कार्यक्रम फिक्का भएकोमा हर्षबढाइँ नै गरेको छ । मेयर महर्जनविरुद्ध उपमेयरलाई भेटेर तपाईं बोल्नुस्, हामी मेयरको गल्ती भयो भनेर माइकबाटै बोलिदिन्छौं भनेर फागुन ४ गते दिउँसो नै संवाद भएको बुझिएको छ।

तयारीका कार्यक्रम, गेट तथा स्टल व्यवस्थापनलगायतमा उपमेयर निकटकालाई नसमेटेको र कांग्रेसले राम्रोसँग भाग नपाएको भन्दै तीनिकट वडाध्यक्ष र कांग्रेस नगर सभापति दिवाकर सिलवालले एमालेको दश भाइतर्फका एक नेतासँग उद्घाटनको अघिल्लो दिन नै विभिन्न समन्वय नभएको नाममा स्टेजबाट मेयरलाई माफी मगाउने सहमति गरेका थिए । 

उद्घाटनको दिन कार्यक्रम सञ्चालक स्थानीय एमाले कार्यकर्ता शशी खड्का र एमालेनिकट शिक्षक नेता नवराज सञ्जेललाई बनाएपछि असन्तोष चुलिएको थियो । स्वास्थ्यमन्त्री मोहन बस्नेतले उद्घाटन गर्ने भनिएको कार्यक्रम महोत्सव आयोजक नगरपालिकाका मेयर उपमेयरबीचको झगडाका कारण अघिल्लै दिन रद्द भइसकेको थियो ।

एउटा सानो कुरामा मेयरसँग कुरा नमिल्नेबित्तिकै उपमेयर लक्ष्मी महर्जनले म्यासेज गरेर महोत्सव मैले नै बहिष्कार गर्ने भएँ, एमालेले एकलौटी गरेको खपेर बस्न सकिएन भनेपछि मन्त्रीले विवादमा नपर्ने सोचेर स्वास्थ्यको कारण देखाई नआउने बताए । चर्चाका हिसाबले महोत्सव फिक्का भएपछि एमालेभित्रकै एउटा समूहले भने समापनको दिन लाँकुरीभञ्ज्याङ्बाट फर्किएर लामाटारको एउटा खाजाघरमा बसेर समीक्षाका नाममा सेलिब्रेट गरेको छ । 
 
 

टिप्पणीहरू