अर्का कमरेडमाथि बालिका ताकेको अभियोग

अर्का कमरेडमाथि बालिका ताकेको अभियोग

एमालेमा आगोझैं दन्दनी बलिरहेको ‘सांस्कृतिक विचलन’ को मामिला अहिले माओवादीतिर सरेको छ । सशस्त्र द्वन्द्वताका माओवादी लडाकूको डिभिजन कमाण्डरसमेत रहिसकेका सिन्धुलीका हरि श्रेष्ठ (प्रमोद) शुक्रबार पक्राउ परी जिल्ला प्रहरी कार्यालय मकवानपुर चलान भए ।

अभियोग हो, नावालिकासँगको यौनजन्य कसुर । यद्यपि, पार्टी विभाजनका क्रममा बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीतिर लागेबापत जिल्लाका माओवादी नेताहरुले प्रतिशोध साँधेर उनलाई फसाएको चर्चा सिन्धुलीमा छ ।

उनले सालीकी १३ वर्षीया छोरीमाथि यौनजन्य दुव्र्यवहार गरेको दावीसहित प्रहरीले नियन्त्रणमा लिएको हो । तर, यसअघि यस्ता मामिलामा उनी कतै पनि मुछिएको वा चर्चामा आएका व्यक्ति हैनन् । 

जीविकोपार्जनको सिलसिलामा पछिल्लो समय ठेक्कापट्टामा संलग्न थिए । त्यसक्रममा आर्थिक समस्या परेपछि सालाहरुसँग  पैसा मागे । पैसा दिएनन्, बरु सालीकी छोरीसँग बात लगाइएको भन्नेहरु भेटिन्छन् । उनकी पत्नी उर्मिलासहित ससुराली खलक सबै माओवादीतिरै छन् ।

मरिन भेगतिर माओवादीका जिल्ला इञ्चार्ज राजन दाहालका कार्यकर्ताचाहिँ हरिकै विरुद्ध छन् । सालीकी छोरीसमेत नछाड्ने उनले यसअघि थुप्रैलाई बिगारिसकेको त्यहाँका माओवादीहरु आरोप लगाउँछन् ।

तर, उनीहरुसँग ती कुरालाई पुष्टि गर्ने कुनै प्रमाण छैन । उनलाई भेट्न जाने आफन्त र शुभचिन्तकसँग आफू फसाइएको भन्ने गरेका छन् । ‘राम्रो वकिल राख्नु, म निर्दोष छु, छिट्टै बाहिर आउँछु’, भेट्न गएका एक मित्रसँग उनले भनेका छन् ।

भेट्ने ती मित्रका अनुसार, उनको हाउभाउ र बोलाईमा गलत काम गरेको कुनै संकेत पाइँदैन ।  उच्च मनोबलका साथ आफू बाबुरामको पार्टीमा भएकै कारण र माओवादीलाई जिल्लामा क्षति पु¥याएकै कारण फसाइएको कुरा बोल्छन् । 
 

टिप्पणीहरू