गुणस्तरहीन औषधिका कारण सर्वसाधारणको ज्यान जोखिममा

गुणस्तरहीन औषधिका कारण सर्वसाधारणको ज्यान जोखिममा

औषधि व्यवस्था विभागले गुणस्तरहीन तीन वटा औषधि तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । लोमस फार्मास्युटिकल्स प्रालि र फार्माको इन्टष्ट्जि लिमिटेडबाट उत्पादित औषधिको बिक्रीवितरण रोकेर बजारबाट फिर्ता गर्न भनिइको छ ।

ती कम्पनीले उत्पादन गरेको मेट्रो सस्पेन्सन, हेल्माप्रेन र मेट्रो पी न्यून औषधि गुणस्तरीय नभएको विभागले जनाएको छ । लोमस फार्मास्युटिकल्सद्वारा उत्पादित मेट्रो सस्पेन्सन तथा हेल्माप्रेन र फार्माको इन्टष्ट्जिले उत्पादन गरेको मेट्रो पीमाको गुणस्तर न्यून पाइएको हो ।

विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम ती औषधिको बिक्रीवितरण रोक्का गरी बजारबाट तत्काल फिर्ता गर्न सम्बन्धित कम्पनी कम्पनी तथा तिनका प्रतिनिधिहरुलाई निर्देशन दिएको छ । साथै, औषधिको सिफारिस, बिक्रीवितरण तथा प्रयोग समेत नगर्न विभागले सबैलाई आग्रह गरेको छ ।

टिप्पणीहरू