न्यूट्रास्यूटिकल्स र फुड सप्लिमेन्ट सिफारिस नगर्न भरतपुर अस्पतालको निर्देशन

न्यूट्रास्यूटिकल्स र फुड सप्लिमेन्ट सिफारिस नगर्न भरतपुर अस्पतालको निर्देशन

चितवनको भरतपुर अस्पतालले औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधि सिफारिस नगर्न मातहतका निकायहरुलाई निर्देशन दिएको छ । 

अस्पतालले न्यूट्रास्यूटिकल्स (भिटामिन) र फुड सप्लिमेन्ट विभागमा दर्ता नभएकाले बिरामीलाई सिफारिस नगर्न वार्ड र चिकित्सकहरुलाई निर्देशन दिएको हो । ती औषधीहरु प्रेस्क्राइब गर्न बन्देज गरिएको जनाउँदै सोहीअनुरुप गर्न गराउन भनिएको छ । 

‘यस भरतपुर अस्पतालको औषधी र चिकित्सीय समितिको निर्णयअनुसार औषधी व्यवस्था विभागमा दर्ता नभएका न्यूट्रास्यूटिकल्स र फुड सप्लिमेन्टहरु प्रेस्क्राइब गर्न बन्देज गरिएको छ', अस्पतालले सूचना निकालेर भनेको छ, 'सोहीअनुसार गर्नु गराउनुहुन जानकारी गराइन्छ ।’

सूचनाको अवज्ञा गरी न्यूट्रास्यूटिकल्स र फुड सप्लिमेन्टहरु बिरामीलाई प्रेस्क्राइब गरेको पाइएमा कारबाही गर्न बाध्य हुने अस्पतालको चेतावनी छ ।

टिप्पणीहरू