भरतपुर आँखा अस्पताललाई पाकिस्तानी एम्बुलेन्स

भरतपुर आँखा अस्पताललाई पाकिस्तानी एम्बुलेन्स

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा नवनिर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको उद्घाटन गर्नुभएको छ । सोही अवसरमा नेपालस्थित पाकिस्तानी राजदूतावासले अस्पताललाई एम्बुलेन्स उपलब्ध गराएको छ ।

नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले अस्पतालका अध्यक्षलाई उपहारस्वरुप एम्बुलेन्स हस्तान्तरण गरेको बताइएको छ । राजदूत हाश्मीले उक्त उपहार नेपाल र पाकिस्तानबीचको मित्रताको प्रतिक भएको उल्लेख गर्नुभएको छ ।

 

 पाकिस्तान सरकारले आँखा अस्पतालमा सुविधा सम्पन्न गुलाम इशाक खान अपरेसन थिएटर बनाएर आज हस्तान्तरण गरेको हो ।

टिप्पणीहरू