पाउँदासम्म नारनकाजी पनि के कम !

पाउँदासम्म नारनकाजी पनि के कम !
सुन्नुहोस्

एकजना एआइजी ‘जुत्ता खोलेर बङ कि बङ भित्तामा बजारौं कि के गरौं’ भन्ने हालतमा पुगेका छन् । मामिला हो, आफैंले सही गरेको सरुवा सूचीप्रतिको असन्तुष्टि ।

‘प्रहरी महानिरीक्षकको फागुन १ को निर्णयका आधारमा’ भन्दै सोही दिन प्रकाशित ७८ एसपीको सरुवा सूचीमा अहिले परराष्ट्रमा पुगेका गृहमन्त्री श्रेष्ठको लाजमर्दो हालीमुहाली चलेपछि सरुवा निकाल्ने मानवस्रोत विकास विभागका एआइजी टेकप्रसाद राई त्यस्तो विरक्ति पोख्ने अवस्थामा पुगेका हुन् । सरुवामा परेका त्यस्ता विरलै एसपी छन्, जसको विषयमा गृहबाट दबाब नदिइएको होस् । 

मन्त्रीनिकटस्थ महिलासँग नजिकको सम्बन्ध बनाएका कारण कुमोध ढुंगेल एसपी पोष्टिङको एक नम्बर मानिने पर्सामा परे । यद्यपि, उनले रुपन्देही मागेका थिए । ‘जुत्ता बजार्न’ आतुर एआइजीले जम्माजम्मी एक जनालाई पोष्टिङ दिलाउन सके, त्यो पनि अख्तियार प्रमुख प्रेम राईको सिफारिसमा । उनी हुन्, महोत्तरी पुगेका श्याम राई । 

बौद्धको डिएसपी हुँदा १ लाख ४० हजार घुस रकमसहित रंगेहात पक्राउ परेका थिए । त्यसबेला प्रेम गृह सचिव र नवीन घिमिरे अख्तियार प्रमुख । झापा गएका मिलन केसीले बालकोटको कनेक्सन मिलाए पनि गृहलाई नजराना चढाउनुपरेको चर्चा छ । उनी पूर्वराष्ट्रपति विद्या भण्डारीका नातेदार र झलनाथ खनाल प्रधानमन्त्री हुँदा पिएसओ थिए । 

त्यसो त एसपी सरुवामा गृहको मात्रै हालिमुहाली चलेन, काँग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु र भानुमार्फत कतिपय जिल्लामा पठाउन तयार पारिएका एसपीहरु अन्यत्र पुगे । त्यसमध्ये रुपन्देहीको निम्ति तयार पारिएका दयानिधी ज्ञवालीलाई सर्लाही पठाएर त्यहाँ रञ्जितसिंह राठौरलाई खटाइयो ।

उनलाई कांग्रेस नेता किशोरसिंह राठौर, भरत शाहमार्फत रुपन्देही नै पठाउन चर्को दबाब थियो । फलतः रुपन्देही नै पठाउनु भनी आदेश दिइए पनि कुमोध पर्सा पुगेका हुन् ।

(प्रस्तुत सामाग्री सत्ता गठबन्धन परिवर्तन हुनुअघि जनआस्था साप्ताहिकमा प्रकाशित भएको थियो ।)

टिप्पणीहरू