बीमामा आबद्ध अस्पतालले विशेषज्ञ ओपीडी सेवा दिनैपर्ने

बीमामा आबद्ध अस्पतालले विशेषज्ञ ओपीडी सेवा दिनैपर्ने

स्वास्थ्य बीमामा आबद्ध अस्पतालले अबदेखि हप्ताको एकदेखि तीन दिनसम्म अनिवार्य विशेषज्ञ ओपीडी सेवा प्रदान गर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डमा सूचीकृत सेवा प्रदायक संस्था (निजी, सहकारी, सामुदायिक, मेडिकल कलेजहरु) लाई बोर्डले उक्त निर्देशन दिइएको छ ।

बोर्डले सय शैयासम्मको अस्पताललाई हप्तामा एक दिन, दुई सय शैयासम्मको अस्पताललाई हप्तामा दुई दिन र तीन सय वा सोभन्दा माथि शैयाका अस्पताललाई हप्तामा तीन दिन नजिकको आधारभूत वा प्रादेशिक अस्पतालहरुमा नियमित बहिरङ्ग (ओपीडी) विशेषज्ञ सेवा प्रदान गर्न निर्देशन दिएको छ ।  

त्यस्तै, सरकारी स्वास्थ्य संस्था (आधारभूल र प्रादेशिक अस्पताल) हरुले आफुलाई अत्यावश्यक परेको वा देखिएको विशेषज्ञको सहयोग लिनको लागि नजिकको त्यस्ता विशिष्टिकृत स्वास्थ्य संस्थासँग समन्वय गरी बीमित नागरिकलाई सहज ओपीडी विशेषज्ञ सेवा उपलब्ध गराउनुपर्ने बोर्डले जनाएको छ ।

टिप्पणीहरू