पूर्व सभामुख महरालाई नर्भिक अस्पतालमा भर्ना गरिँदै

पूर्व सभामुख महरालाई नर्भिक अस्पतालमा भर्ना गरिँदै

आज बिहान पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई अस्पताल भर्ना गर्न लागिएको छ ।  

काठमाडौँ जिल्ला अदालतले साँझ उहाँलाई चार दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुमति दिएको थियो । तर महराले आफू एक सातादेखि बिरामी रहेकाले अस्पताल भर्ना हुन पाउनुपर्ने माग राखेपछि न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले स्वीकृति दिनुभएको बताइन्छ । 

अदालतले महराको शारीरिक अवस्थालाई मध्यनजर गर्दै अस्पताल भर्ना हुन स्वीकृति दिएको हो । अदालत जाँदा र त्यहाँबा बाहिर निस्कँदा समेत उहाँलाई आफैँ हिँड्नसमेत हम्मे परेको देखिन्थ्यो । प्रहरीले पाखुरामा आड दिएर गाडीमा राखेका थिए ।

उहाँलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गर्ने बुझिएको छ ।

टिप्पणीहरू