औषधीको बजार अवस्थाबारे अध्ययन हुँदै

औषधीको बजार अवस्थाबारे अध्ययन हुँदै
सुन्नुहोस्

औषधी व्यवस्था विभागले सरकारद्धारा निःशुल्क वितरण हुने ९८ प्रकारका औषधीको बजार अवस्थाबारे अध्ययन गर्ने भएको छ । विभागले तीन आर्थिक वर्षको बजारको स्थिति अध्ययन गर्न लागेको हो । 

यसका लागि उत्पादन तथा आयातको वार्षिक विवरण बुझाउन विभागले सम्बन्धित उत्पादक तथा आयातकर्ताहरुलाई निर्देशन दिइसकेको छ । आर्थिक वर्ष २०७७-०७८, २०७८-०७९ र २०७९-०८० को उत्पादन तथा आयातको वार्षिक विवरण पेश गर्न भनिएको छ । 

विवरण संकलनका लागि विभागले प्रयोगकर्ता निर्देशिकाका आधारमा 'अनलाइन टुल' समेत तयार पारेको छ । यसमा आगामी तीस दिनभित्र अनिवार्य रुपमा विवरण पठाउन विभागको अनुरोध छ । 

सूचनामा भनिएको छ, ‘विवरण संकलनका लागि विभागले तयार गरेको प्रयोगकर्ता निर्देशिकाका आधारमा अनलाइन टुलमा सूचना प्रकाशित मितिबाट ३० दिनभित्रमा अनिवार्य रुपमा विवरण पेश गर्नुहुन अनुरोध छ ।’

थप जानकारीका लागि विभागको औषधी मूल्यांकन तथा दर्ता महाशाखामा सम्पर्क गर्न सकिने 

टिप्पणीहरू