मसी मिसिएका खानेकुरा हानिकारक

मसी मिसिएका खानेकुरा हानिकारक

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाले मसीले लेखेको, छापिएको वा रङ्गिएको कागजमा खाद्य पदार्थ बेच्न रोक लगाएको छ । कार्यालयले खाद्य पदार्थसँग सिधा सम्पर्क हुने यस्ता कागजको प्रयोगमा प्रतिबन्ध लगाइएको बताएको छ । मकवानपुरका सबै स्थानीय तहलाई पत्राचार गर्दै कार्यालयले सो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ ।   

भनिएको छ, ‘कुनै पनि खाद्य उत्पादक, व्यवसायी, बिक्रेताले खाद्य पदार्थको सिधा सम्पर्कमा आउनेगरी मसीले लेखिएको, छापिएको वा रङ्ग्याइएको कागजलाई प्रयोग गर्न पाइने छैन भनि प्रकाशित गरिएको सूचनाको प्रतिलिपि त्यहाँ कार्यालयको जानकारी साथै सो विषय कार्यान्वयन गर्न आवश्यक कारबाहीका लागि यसै पत्रसाथ संलग्न राखी पठाइएको व्यहोरा निर्देशानुसार अनुरोध छ ।’

नेपालको राजपत्रको भाग ५ मा कुनै पनि खाद्य उत्पादक, व्यवसायी वा बिक्रेताले खाद्य पदार्थको सिधा सम्पर्कमा आउने गरी मसीले लेखिएको, छापिएको वा रङ्ग्याइएको कागजलाई प्रयोग गर्न नपाइने उल्लेख छ । मसीले लेखेको वा छापिएको कागजमा खानेकुरा पोको पारेर बिक्री गर्दा खानेकुराको सम्पर्क मसीसँग हुने र त्यसले मानव स्वास्थ्यमा हानी पुर्याउने चिकित्सकहरुको भनाइ छ ।

टिप्पणीहरू