संवैधानिक परिषद्को बैठकलगत्तै बालुवाटारमा जुटे शीर्ष नेताहरु

संवैधानिक परिषद्को बैठकलगत्तै बालुवाटारमा जुटे शीर्ष नेताहरु
सुन्नुहोस्

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको छ । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्षसमेत रहेका स्वास्थ्यमन्त्री उपेन्द्र यादव सहभागी छन् । टीआरसी विधेयक, उपनिर्वाचनको तयारी, प्रदेश सरकारलगायत समसामयिक विषयमा छलफल गर्न बैठक बसेको बताइएको छ । 

संसदको यसै अधिवेशनबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी विधेयक टुंगोमा पुर्याउने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले केही दिनयता लगातार शीर्ष तहमा छलफल गरिरहनुभएको छ । हिजोमात्रै उहाँले प्रमुख सत्ता साझेदार एमाले अध्यक्ष ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अन्युक्त छलफल गर्नुभएको थियो । 

यसअघि आजै बालुवाटारमै संवैधानिक परिषद्को बैठक बसेको थियो ।

टिप्पणीहरू